विराटनगर । सुनसरीको देवानगञ्जका विभिन्न घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालु महिलाहरूको भिड लागेको छ । सोमबार फलफूल तथा पूजा सामग्रीसहित सूर्यलाई अर्घ्य दिन व्रतालुहरूको भिड लागेको हो ।
देशका विभिन्न स्थानमा सूर्यलाई अर्घ्य दिन व्रतालुहरू नदी तथा तालका छेउमा पुगेका छन्।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।

