२१ जेठ २०८३, बिहिबार

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कल्पना अब लाइफगार्ड अस्पताल विराटनगरमा

Logo
डुमरलाल मेहता शुक्रबार, कार्तिक १५, २०८२

विराटनगर । सुनसरी जिल्ला अस्पताल, इनरुवामा लामो समयदेखि स्त्री तथा प्रसूति रोग विशेषज्ञका रूपमा सेवा गर्दै आएकी डा. कल्पना कुमारी यादव अब लाइफगार्ड अस्पताल, विराटनगरमा कार्यरत भएकी छन्।

शुक्रबार एक विशेष समारोहबीच अस्पतालले डा. यादवलाई औपचारिक स्वागत गरेको हो। सो अवसरमा अस्पतालका प्रबन्धक निरज श्रेष्ठले डा. यादवको अनुभव र दक्षताले अस्पतालको महिला स्वास्थ्य सेवा अझ सुदृढ र विश्वसनीय बन्ने विश्वास व्यक्त गरे।

बरगाछीचोक, विराटनगरमा अवस्थित लाइफगार्ड अस्पतालले विगतदेखि नै विभिन्न क्षेत्रका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। अब डा. यादवको आगमनसँगै अस्पतालमा स्त्री तथा प्रसूति स्वास्थ्यसम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध हुने भएको छ ।

डा. यादवका अनुसार, आफूले हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बिरामीको स्वास्थ्य परामर्श र उपचार सेवा उपलब्ध गराउनेछिन् ।

लाइफगार्ड अस्पतालले महिलासम्बन्धी रोग उपचारमा नयाँ विश्वास र सहज पहुँच सुनिश्चित गर्न डा. यादवको भूमिका महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300