विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित भित्री सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले कार्तिक २१ गते राति करिब ८ बजे बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाई राखिएको २ सय ५७ किलो ४५ ग्राम गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार उक्त गाडी चालक फरार छन् र उनको खोजतलास तथा यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।
