२१ जेठ २०८३, बिहिबार

बिहार विधानसभा आम निर्वाचनका कारण सीमा नाका बन्द हुने

Logo
डुमरलाल मेहता शनिबार, कार्तिक २३, २०८२

विराटनगर । भारतको बिहार विधानसभा आम निर्वाचन–२०२५ का कारण मोरङ जिल्लास्थित नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार एक सूचना जारी गर्दै भारतको अररिया जिल्लामा मंसिर २५ गते (११ नोभेम्बर २०२५) हुने निर्वाचनलाई ध्यानमा राखी दुवै देशबीचको मित्रतापूर्ण सम्बन्ध र शान्तिपूर्ण वातावरण कायम गर्न सीमा नाका बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

निर्वाचनको अघिल्लो दिन अर्थात् ८ नोभेम्बर २०२५ शनिबार साँझ ६ बजेदेखि मतदान समाप्त हुने ११ नोभेम्बरका दिन साँझ ६ बजेसम्म अर्थात् ७२ घण्टासम्म मोरङ जिल्लाका अन्तर्राष्ट्रिय नाका बन्द रहनेछ रहने जनाइएको छ ।

आवश्यक आपतकालीन सेवा बाहेक अन्य सर्वसाधारणका लागि आवागमन पूर्ण रूपमा निषेध रहने प्रशासनले जनाएको छ । साथै, आम सर्वसाधारणलाई सो अवधिमा सीमा नाकाबाट यात्रा नगर्न आग्रह गरिएको छ ।

दोस्रो चरणमा हुन लागेको बिहार विधानसभा निर्वाचनमा २० जिल्लाका सात करोड ४२ लाख मतदाता सहभागी हुँदैछन् । दोस्रो कचरणमा नेपालसँग सीमा जोडिएका र त्यसको नजिकमा पर्ने जिल्लाहरु पश्चिम चंपारण, सीतामढी, शिवहर, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, कटिहार, भागलपुर, बाँका, जमुई, नवादा, गया, औरंगावाद, जहानाबाद, अरवल, कैमूर र रोहतास जिल्लामा निर्वाचन हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300