२१ जेठ २०८३, बिहिबार

मसँग बहुमत छ, मुख्यमन्त्रीमा फेरि दाबी गर्छुः जितेन्द्र सोनल

Logo
आजको अपडेट आइतबार, कार्तिक २४, २०८२

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता एवं मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्रीमा फेरि दाबी गर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा घोषणा गरेका सोनलले आफूसँग बहुमत रहेको भन्दै फेरि दाबी गर्ने बताएका हुन् । ‘म फेरि दावा गर्छु, हामीसँग बहुमत छ,’ उनले भने ।

वैधानिकरुपले सरकार गठन प्रक्रिया अगाडि बढोस् भनेर आफूले राजीनामा गरेको पनि उनले बताए । भोलि वा पर्सितिर फेरि एउटा परिस्थिति बन्ने र बहुमत पुर्याएर दाबी पेश गर्ने उनले बताए ।
गत असोज २९ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० गरि ५ दलको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300