१२ साउन २०८३, मंगलबार

विद्यापति स्मृति पर्व समारोह सम्पन्न, आजको अपडेट मिडियाका सञ्चालक मेहता सम्मानित

Logo
डुमरलाल मेहता आइतबार, कार्तिक २४, २०८२

विराटनगर । मैथिली भाषाका आदिकवि विद्यापतिको स्मृतिमा विराटनगरमा अन्तर्राष्ट्रिय विद्यापति स्मृति पर्व समारोह भव्य रूपमा सम्पन्न भएको छ । शनिबार अप्पन विराटगढ परोपकार समाजको आयोजनामा मेहेन्द्र मोरङ कलेजको परिसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति तथा समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक वीरन्द्र झा, गायिका संगीताकर्ण र जया मलिक लगायतले आदिकवि विद्यापतिकै रचनामा आधारित गीतहरू प्रस्तुत गरेका थिए । त्यस्तै, मनोज राजवंशी र समीक्षा कार्की र लगायतका कलाकारहरूले मैथिली सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा पण्डित ‘सिङ्गल’ले कवितापाठ गरे भने मकालु टेलिभिजनका सञ्चारकर्मी सन्तोष मेहता र नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा आजको अपडेट डटकमका सञ्चालक डुमरलाल मेहतालाई सम्मान गरिएको थियो । साथै, म्युजिक भिडियो क्षेत्रकी नायिका काजल कर्ण र निर्देशक कार्तिक राजवंशीलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भगवान झा र आयोजक संस्थाका अध्यक्ष बसुधरा झालगायतले मिथिलाको पाग, दोपट्टा र कदरपत्र सहित सम्मान गरे । सो अवसरमा मैथिली चित्रकला, पुस्तक र सांस्कृतिक सामग्रीको प्रदर्शनी पनि गरिएको थियो ।

आयोजक संस्थाका राजेश झाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै मैथिली भाषा र संस्कृतिको संरक्षणमा निरन्तर योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300