२१ जेठ २०८३, बिहिबार

भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

Logo
आजको अपडेट मंगलबार, कार्तिक २६, २०८२

मुम्बई । भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ।

८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो।

देओल परिवार नजिकका स्रोतहरूका अनुसार, धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ। सोमबार राति छोरा सन्नी देओल अस्पताल बाहिर निकै भावुक देखिएका थिए।

अर्का छोरा बबी देओल पनि आफ्नो चलचित्र ‘अल्फा’ को छायांकन छोडेर मुम्बई फर्केका छन् र बुबालाई भेट्न अस्पताल पुगेका छन्। शाहरुख खान, सलमान खान लगायत बलिउडका धेरै हस्तीहरू पनि सोमबार अबेर राति क्यान्डी अस्पताल पुगेका थिए।

बलिउडमा ‘ही(म्यान’ को नामले चिनिने धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोडेका छन्। उनको अन्तिम पटकको पर्दामा उपस्थिति डिसेम्बर २५ मा रिलिज हुने चलचित्र ‘इक्किस’ मा रहनेछ।

उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तानहरू रहेका छन्। उनका सन्तानहरूमा अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओलका साथै अजिता र विजेता छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300