२१ जेठ २०८३, बिहिबार

प्रदेश प्रमुख खापुङ समक्ष निर्वाचन आयोग वार्षिक प्रतिवेदन पेश

Logo
आजको अपडेट बुधबार, कार्तिक २७, २०८२

विराटनगर २६ कात्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष आज निर्वाचन आयोगले आफ्नो १९ औं वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका कोशी प्रदेश कार्यालयका प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईले प्रमुखको कार्यालय विराटनगरमा नेपालको संविधानको धारा २९४ को उपधारा(३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाउनु भयो ।

प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न आयोगको काँधमा महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो । उहाँले सम्पूर्ण नेपाली जनतलाई सर्वभौम सत्ताको मालिक र राजकिय सत्ताको अधिकारी निर्वाचनको माध्यमबाट प्रयोग गर्न मतदाता नामावली नाम दर्ता गर्न आग्रह गर्नु भयो ।

प्रदेश प्रमुख खापुङ्गले जनताले विवेकपूर्ण रुपमा निर्वाचनमा मतदान गरी लोकतन्त्र र प्रजातन्त्रलाई वलियो बनाई मुलुकमा समृद्ध कायम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले लोकतन्त्रलाई र प्रजातन्त्रलाई वलियो बनाउन जतनाको मत खाउने अधिकारीको व्यवस्थापनमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नु भयो ।

आयोगका निर्वाचन कार्यालयका प्रमुख गुरागाईले गत आर्थिक वर्षमा आयोगमा १२२ बटा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300