२१ जेठ २०८३, बिहिबार

बिहार विधानसभा : एनडीए गठबन्धनलाई दुई तिहाइ, भाजपा पहिलो दल

Logo
आजको अपडेट शनिबार, कार्तिक ३०, २०८२

भारतको बिहार विधानसभाका लागि भएको चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ । कुल दुई सय ४३ सिटका लागि भएको मतदानको मतगणना गएराति सम्पन्न भएको हो । जसमा सत्तारुढ राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले दुई तिहाई मत प्राप्त गरेको छ ।

एनडीए गठबन्धनले दुई सय दुई सिट जितेको छ । त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) पहिलो दल बनेको छ । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले सबैभन्दा धेरै ८९ ठाउँमा जीत निकालेको छ । दोस्रो स्थानमा रहेको जनता दल युनाइटेडले ८५ सिट जित्यो ।

कांग्रेस नेतृत्वको महागठबन्धन र राष्ट्रिय जनता दल (आरजेडी) ३५ सिटमा सिमित भएको छ । अन्यले छ सिट जितेका छन् । बिहार विधानसभा चुनावका लागि गएको नोभेम्बर ६ र ११ तारिखमा गरी दुई चरणमा मतदान भएको थियो । बिहारमा यस पटक कीर्तिमानी ६७.३ प्रतिशत मत खसेको थियो । यो मत सन् १९५१ पछिकै सबैभन्दा धेरै हो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनाव आफ्नो पक्षमा देखिएको बताउनुभएको छ । उहाँले यो जीतलाई ‘सुशासनको जीत’ भन्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300