२१ जेठ २०८३, बिहिबार

मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न २ जना प्रहरी नियन्त्रणमा

Logo
आजको अपडेट शनिबार, कार्तिक ३०, २०८२

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यादवलाई गोली हानी हत्यागरेको आरोपमा अन्दुपट्टीका गाउँ घर भई सप्तरीको कडरबोना प्रहरी चौकीमा कार्यरतसहायक प्रहरी हवल्दार शम्भु यादव र शम्भुका काकाको छोरा धर्मनाथ यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना पछि श्रीमती र बच्चा लिएर भागिरहेको अवस्थामा प्रहरी सहायक हवल्दार शम्भु यादवलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत धारापानी बाट नियन्त्रणमा लिएको धनुषाका प्रहरी उपरीक्षक रुगम कुँवरले जानकारी दिनुभयो ।

पेस्तोल, घरेलु हातहतियार र घरायसी प्रयोजनमा प्रयोग हुनेसामग्रीसहित दुई पक्षबीच भएको झडपमा अन्य सात जना घाइतेसमेत भएका छन ।

घटनामा प्रयोगभएका पेस्तोल समेत प्रहरीले बरामद गरेको छ । भोजको विषयलाई लिएर सुरु भएको विवादभनिए पनि घटनाको मुख्य कारण जग्गा विवाद नै रहेको प्रहरीको भनाइ छ ।

मृतकवडाध्यक्ष र पक्राउ परेकाहरूबीच जग्गा विवाद जिल्ला अदालतमा विचाराधीन छ । यादव २०७४को निर्वाचनमा जसपाबाट र त्यसपछिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर पुनः वडाध्यक्षमा निर्वाचित हुनुभएकोथियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300