१२ साउन २०८३, मंगलबार

बर्जु गाउँपालिकामा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न, विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान

Logo
डुमरलाल मेहता सोमबार, मंसिर ०२, २०८२

विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा आयोजना गरिएको गाउँपालिका स्तरीय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित विशेष कार्यक्रममा विभिन्न श्रेणीका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा श्री रामसीता मावि बर्जु–२ प्रथम, नेराशिव मावि द्वितीय, नवदुर्गा मावि तृतीय तथा श्री मावि चिमडीले सान्त्वना स्थान हासिल गरे ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम राशी राय, द्वितीय गौरव मण्डल, तृतीय हेमन्ती राय, र सान्त्वना आदिती राय घोषित भए ।

त्यसैगरी चित्रकला तर्फ स्वरा चौधरी प्रथम, नितिका राय द्वितीय, अनु ऋषिदेव तृतीय तथा शिवानी पासवान सान्त्वना बने ।
हस्तलेखनमा मुस्कान चौधरी प्रथम, वाहिद अन्सारी द्वितीय, रिया चौधरी तृतीय र यूनिका साह सान्त्वना स्थानमा रहे ।

स्पेलिङ कन्टेस्टमा विद्यालयगत प्रतिष्पर्धामा श्री मावि बर्जु–६ प्रथम, नेरा मावि बर्जु–५ द्वितीय, रामसीता मावि बर्जु–२ तृतीय, र नेराशिव मावि बर्जु–३ सान्त्वना विजेता बने ।

कार्यक्रममा यस वर्षको SEE मा सबैभन्दा बढी GPA ल्याउने ५/५ जना छात्र–छात्रालाई प्रोत्साहनस्वरूप सम्मानपत्र तथा नगद पुरस्कार समेत प्रदान गरिएको शिक्षा शाखाले जानकारी दिएको छ ।

प्रतियोगिताको मूल्यांकन निर्णयक मण्डलका रमेश पाण्डे, खेमराज अधिकारी, सनम खड्का र सुनिल विक्रम साईले गरेका थिए। उनीहरूलाई पनि गाउँपालिकाले दौसाला र सम्मानपत्र प्रदान गरी सम्मानित गरेको थियो।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रम बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ राय, उपाध्यक्ष नितु चौधरी, शिक्षा शाखा प्रमुख हेमराज दाहाल, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकको उपस्थितिमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300