२१ जेठ २०८३, बिहिबार

सरकारी अस्पतालमा ढुक्क भएर सेवा लिनुहोस् : स्वास्थ्यमन्त्री गौतम

Logo
आजको अपडेट मंगलबार, मंसिर ०३, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले सरकारी अस्पतालमा ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको छ ।

वीर अस्पतालको अवलोकनपछि मन्त्री डा.गौतममले अस्पतालमा आधुनिक उपकरणका साथै दक्ष चिकित्सकबाट सेवा दिँदै आएकोले ढुक्क भएर सेवा लिन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “धेरैमा जस्तो बिरामी निजीमा जाने र पैसा तिर्न नसक्ने भएपछि सरकारीमा पठाउने गरेको पाए। सुरुमा नै बिरामी सरकारी अस्पतालमा उपचारका लागि आएमा बिरामी र अस्पताल दुवैलाई सहज हुने थियो। सरकारीमा थोरै शुल्कमा गुणस्तरीय सेवा पाउने भएकाले निर्धक्क भएर सेवा लिन सकिन्छ ।”

साथै उहाँले वीरलगायत सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको पहुँच, प्रविधिको सुधार र सेवा विस्तार हुँदै गएको दाबी गर्नुभयो ।

मन्त्री डा.गौतमले जेनजी आन्दोलनमा घाइते भएका बिरामीलाई भेटेर घाउ चोटको विवरण अनुसार वर्गीकरण गरेपछि के कस्तो राहत आवश्यक पर्छ उपलब्ध गराउने आश्वासन दिनुभएको छ ।
उहाँका अनुसार सिडियोको संयोजकत्वमा जेनजी आन्दोलनमा घाइते भएकाहरुको वर्गीकरण भइरहेको छ । उहाँले उपचारमा कुनै पनि समस्या भएमा तुरुन्त अस्पतालका निर्देशकलाई समाधान गरिदिन आग्रह गर्नुभयो ।

साथै बिरामीलाई आवश्यक पर्ने औषधी अस्पतालको फार्मेसीभन्दा बाहिरबाट ल्याएको भए पनि बिल पेस गर्दा भुक्तानी हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300