२१ जेठ २०८३, बिहिबार

मध्यरातमा दुर्गा प्रसाईं पक्राउ

Logo
आजको अपडेट मंगलबार, मंसिर ०३, २०८२

काठमाण्डौँ । राष्ट्रिय, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ।

प्रसाईंलाई सोमबार मध्यरातमा भक्तपुरस्थित उनकै घरबाट जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार, उनीमाथि हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोप लागेको छ।

​पक्राउ परेका प्रसाईंले यही मंसिर ७ गतेदेखि बैंकबाट लिएको ऋण मिनाहा हुनुपर्ने लगायत विभिन्न माग राखेर देशव्यापी आन्दोलनको तयारी गरिरहेका थिए।

सुरक्षा निकायहरूले आन्दोलनको नाममा उनले भड्काउपूर्ण र अशान्ति मच्चाउने खालका अभिव्यक्ति दिएको निष्कर्ष निकालेपछि उनलाई पक्राउ गरिएको हो।

यसअघि पनि उनी गत चैत १५ गतेको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका थिए, तर पछि अदालतको आदेशबाट छुटेका थिए। पक्राउपछि दुर्गा प्रसाईंलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300