२१ जेठ २०८३, बिहिबार

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्ने

Logo
आजको अपडेट मंगलबार, मंसिर ०३, २०८२

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करण हिजोदेखि शुरू भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौ, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300