२१ जेठ २०८३, बिहिबार

सिमराको तनावप्रति प्रधानमन्त्री कार्कीले भनिन्, ‘अराजकता स्वीकार्य छैन’

Logo
आजको अपडेट बिहिबार, मंसिर ०५, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबैमा अपिल गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत हिजो सो अपिल गर्नुभएको हो ।

बाराको सिमरामा आज देखिएको तनाव अत्यन्तै दुःखद भएको भन्दै उहाँले भन्नुभएको छ, “लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु ।”

उहाँले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

“म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन, युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो, तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन ।”

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300