१० जेठ २०८२, शुक्रबार

३७ वर्षीया सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीमा नियुक्त

Logo
आजको अपडेट शुक्रबार, साउन ३२, २०८१
थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्रीमा नियुक्त

पाएटोङ्गटार्न सिनावत्रा थाइल्यान्डको सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्नुभएको छ । थाइल्यान्डको संसद्ले ३७ वर्षीय सिनावत्रालाई प्रधानमन्त्री पदका लागि चयन गरेको बीबीसीले जनाएको छ । उहाँ यो पदमा पुग्ने थाइल्यान्डको दोस्रो महिला हुनुहुन्छ । अन्ट यिङ्गलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने पहिलो महिला हुनुहुन्थ्यो ।

पूर्वप्रधानमन्त्री सेटा टवीसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको भोलिपल्ट चिनावट प्रधानमन्त्री बन्नुभएको हो । उहाँ थाइल्यान्डका पूर्वनेता तथा अर्बपति थाक्सिन सिनावत्राकी छोरी हुनुहुन्छ ।

पाएटोङ्गटार्न सिनावत्रा र पूर्वप्रधानमन्त्री सेटा टवीसिन दुवै जना फउ थाई पार्टीका हुनुहुन्छ । सिनावत्रा सन् २०२१ मा फउ थाई पार्टीमा आबद्ध हुँदै २०२३ को अक्टोबरमा पार्टीको नेतामा नियुक्त हुनुभएको थियो ।

सिनावत्राको नियुक्तिले थाइल्यान्डको शीर्ष नेतृत्वमा नयाँ ऊर्जा ल्याएको बीबीसीको खबरमा उल्लेख छ । सिनावत्रा परिवारका चार जना सदस्य पहिले नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।

यसैबीच पाएटोङ्गटार्न सिनावत्राले पूर्वप्रधानमन्त्री टवीसिनको कामको प्रशंसा गर्दै उहाँको बर्खास्ती दुर्भाग्यपूर्ण भएको बताउनुभएको खबरमा उल्लेख छ । हिजो आफ्नो पार्टीको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफूहरू देशलाई अगाडि बढाउन दृढ, संयमित र तयार छौँ भनेर नागरिकलाई देखाउन भेला भएको बताउनुभएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300