२१ जेठ २०८३, बिहिबार

झापा–मोरङका जंगलमै फर्कियो हात्तीबथान, भारत नफर्किँदा जोखिम बढ्यो

Logo
सन्तोष मेहता आइतबार, मंसिर ०८, २०८२

विराटनगर । झापा र मोरङ क्षेत्रमा करिब दुई वर्ष बिताएपछि भारत फर्किन लागेको अनुमान गरिएको लगभग ३० हात्तीको समूह पछिल्लो समय फेरि मोरङकै जङ्गलतर्फ फर्किएको देखिएको छ। सुन्दरहरैचा क्षेत्रमा देखिएका यी हात्ती गत हप्ता पूर्वतर्फ लाग्दै भारत छिर्ने सम्भावना गरिएको थियो।

तर अहिले ठूलो संख्यामा हात्ती मोरङतिरै फिरेका छन् भने केही झापातिरै चहलपहल गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिनुभयो। दुवै जिल्लामा करिब ३० जति रैथाने हात्ती बसेका छन्। उता भारतबाट आएका यतिनै संख्याका हात्ती लामो समय नेपालमा रोकिँदा मानव–हात्ती द्वन्द्व बढ्ने जोखिम अझै उच्च भएको प्रमुख श्रेष्ठको भनाइ छ।

सीमित बन क्षेत्र भएकोले हात्तीको सङ्ख्या बढ्दै जाँदा बासस्थान र आहार दुवै पर्याप्त नपुग्ने अवस्था सिर्जना हुन्छ। पर्याप्त खाना नपाएर हात्ती बथान गाउँ तर्फ पस्ने हुँदा जङ्गलछेउका बासिन्दाले लगातार समस्या भोगिरहनुपरेको छ। भारतको आसाम र पश्चिम बंगालको सुकुनातर्फबाट नेपाल भित्रिने हात्तीबथान पुस्तौँदेखि यो मार्ग हुँदै ओहोरदोहोर गर्ने गरेको चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल बताउनुहुन्छ।

हाल झापा–मोरङ क्षेत्रमा धान, मकै र केरा जस्ता आहार प्रशस्त उपलब्ध भएकाले हात्तीहरू भारततिर नफर्किएको हुनसक्ने खरेलको अनुमान छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300