२१ जेठ २०८३, बिहिबार

नवयुवाको आन्दोलनमा मृत्यु भएकामध्ये सात जनाको पहिचान अझै पुष्टि हुन सकेन

फाइल तस्वीर
Logo
आजको अपडेट सोमबार, मंसिर ०९, २०८२
विराटनगर । भदौ २३ र २४ गते काठमाडौँमा भएको नवयुवाको आन्दोलनका क्रममा मृत्यु भएका ४९ जनामध्ये सात जनाको पहिचान अझै खुल्न बाँकी रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ती शवहरू अत्यधिक डढेका कारण तत्काल पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणका लागि पठाइएको हो ।

उक्त आन्दोलनसँग सम्बन्धित १ सय ४ वटा उजुरी दर्ता भएको परिसरले जनाएको छ। तीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका १६ उजुरी रहेका छन् ।

यस्तै कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार, अभद्र व्यवहार तथा ज्यान मार्ने उद्योगसम्बन्धी गरी १ सय ५४ मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामा हालसम्म २ सय ६७ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकामध्ये ८७ जनालाई हाजिरी जमानीमा छोडेर अनुसन्धान जारी छ भने १ सय १३ जना न्यायिक हिरासतमा छन् । न्यायिक प्रकृयामा पेस गरिएकामध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300