२१ जेठ २०८३, बिहिबार

जसपा नेपालको देवानगञ्ज गाउँपालिकामा विरोध सभा

Logo
डुमरलाल मेहता शनिबार, मंसिर १४, २०८२

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालको एक महिना भन्दा बढीको सङ्घर्षका कार्यक्रमगर्ने क्रममा सुनसरीको देवानगञ्ज गाउँपालिकामा विरोध सभा सम्पन्न गरेको छ ।

पार्टीले उठाइरहेको २८ बुदे माग र राष्ट्रिय मुद्दामामा तिनदिन अघि देशभरका जिल्ला प्रशासन कार्यालयहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै देशव्यापीरुपमा एक महिने विभिन्न कार्यक्रम सार्वजनिक गरेकोमा आज सुनसरीको देवानगञ्ज गाउँपालिकामा विरोध सभा सम्पन्न गरेको पार्टीको जिल्ला सचिव सिंघेश्वर मेहता ले जानकारी दिनु भयो।

जसपा नेपालका सचिव मेहताका अनुसार, मङ्सिर ११ गते देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न शहर बजारमा विरोध कार्यक्रम घोषणा भएकोले विरोध सभा गरेको हो ।सभाका वक्ताहरूले सरकार गठन र संसद् विघटन संविधान विपरीत भोजन र अहिलेसम्म चुनावको वातावरण नबनेको बताउनु भयो । जसपा नेपालको नीति (विचार मिल्ने दलसँग एकता, जेनजीसँग बिचार मिलेको बताउनु भयो। नेता दिलिपचन्द साह, जिल्ला अध्यक्ष देव कृष्ण यादव र देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहता सहित जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरूले सभामा बोल्नु भएको थियो।

पार्टीको कार्यक्रम घोषणा अनुसार मङ्सिर १९ र २१ गते पार्टीले जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण धर्ना राखिएको छ ।

मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा र जनसभा हुने जसपा नेपाले जनाएको छ ।जसपा नेपालले पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुरमा, पुस १५ गते वीरगंजमा र पुस १७ गते भैरहवामा जनसभा गर्ने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300