२१ जेठ २०८३, बिहिबार

विराटनगरमा प्राइम अस्पतालबाट औपचारिक रूपमा सेवा शुभारम्भ

Logo
डुमरलाल मेहता आइतबार, मंसिर १५, २०८२

विराटनगर । विराटनगरमा नव–स्थापित प्राइम अस्पतालले आइतबारदेखि औपचारिक रूपमा स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको छ। स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव रहेका युवा उद्यमी सनातन मण्डलको नेतृत्वमा ११ करोड रुपैयाँको लगानीमा निर्मित २५ बेड क्षमताको उक्त अस्पतालले सबै प्रकारका रोगका लागि विशेषज्ञ सेवा उपलब्ध गराउने जनाएको छ।

आइतबार आयोजित उद्घाटन समारोहमा अस्पतालका सञ्चालक, अस्पतालमा कार्यरत चिकित्सक तथा चिकित्सकका अभिभावकहरूले संयुक्त रूपमा प्राइम अस्पतालको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा उद्योगी, व्यवसायी, चिकित्सक, राजनीतिक दलका पदाधिकारीसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, उद्योगी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष उद्योगी राजकुमार अग्रवाललगायत अनेकौं उद्योगी–व्यवसायीहरूको सहभागिताले उद्घाटन समारोह भव्य बनेको थियो।

विशिष्ट अतिथिहरूले प्राइम अस्पतालका सञ्चालक सनातन मण्डल, सञ्चालक समितिका अध्यक्ष डा. रमेश चौरसिया तथा डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल र डा. टेकनारायण यादवलाई सफल अस्पताल सञ्चालनको शुभकामना र बधाई व्यक्त गर्नुभएको थियो। आइतबारदेखि नै १५ जना दक्ष तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूको सेवासहित अस्पतालले उपचार सेवा प्रारम्भ गरेको छ।

सञ्चालक मण्डलका अनुसार विराटनगर–७, अस्पताल चौकस्थित पूर्व गोल्डेन अस्पताल रहेको पाँचतले भवनमै प्राइम अस्पताल सञ्चालनमा ल्याइएको हो। अस्पताल सञ्चालनका लागि ८ करोड रुपैयाँ र अत्याधुनिक उपकरण खरीदका लागि ३ करोड रुपैयाँ गरी कुल ११ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय र विशेषता–युक्त सेवा प्रदान गर्दै पूर्ण रूपमा निको पारेर मात्र घर फर्काउने लक्ष्य आफूहरूको रहेको सञ्चालक मण्डलले उल्लेख गर्नुभयो। साथै, अस्पताल नजिकै ४ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएका तीनवटा छुट्टाछुट्टै पार्किङ स्थलका कारण सेवाग्राहीले पार्किङसम्बन्धी कुनै चुनौती सामना गर्न नपर्ने जानकारी दिनुभयो।

प्राइम अस्पतालको सञ्चालनसँगै स्थानीयबासीले आधुनिक, सुरक्षित र विशेषज्ञ स्वास्थ्य सेवाको नयाँ विकल्प पाएको अनुभव गरेका छन्।

 

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300