२१ जेठ २०८३, बिहिबार

सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घट्यो

Logo
आजको अपडेट मंगलबार, पुष १५, २०८२

विराटनगर । सुनको भाउ आज एकैदिन तोलामा ७ हजार ९ सय रुपैयाँले घटेको छ । सुन आज एकैदिन ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ थियो । अस्ति सुनको भाउले कीर्तिमान बनाएकोमा तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज एकैदिन तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च ४ हजार ८ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300