२१ जेठ २०८३, बिहिबार

शीतलहरको असर: सुनसरीका सबै विद्यालय तीन दिन बन्द

Logo
सन्तोष मेहता बुधबार, पुष १६, २०८२

सुनसरी ।  सुनसरीमा शीतलहरको प्रभाव बढ्दै गएपछि अत्यधिक चिसोले जनजीवनसँगै विद्यालयको पठनपाठन प्रभावित भएको छ । चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने जोखिम देखिएपछि जिल्लाका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

स्थानीय तहका निर्णयअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म जिल्लाभरका विद्यालय बन्द रहनेछन् । इटहरी उपमहानगरपालिकाले भने उक्त बिदा वार्षिक सञ्चित (मिन पचास) बिदाबाट कट्टा हुने जनाएको छ । उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहले अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसैगरी इनरुवा नगरपालिका, दुहवी नगरपालिका, कोशी गाउँपालिका, हरिनगरा गाउँपालिका, रामधुनी नगरपालिका लगायत सुनसरीका अन्य स्थानीय तहहरूले पनि सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

स्थानीय तहहरूले अभिभावकलाई बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न र चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300