२१ जेठ २०८३, बिहिबार

आगामी निर्वाचनमा सुरक्षाकर्मीको मताधिकार सुनिश्चित गर्न मोरङ Genz को गृहमन्त्रीसँग विशेष आग्रह

Logo
सन्तोष मेहता बुधबार, पुष १६, २०८२

विराटनगर । मोरङ Genz जिल्ला समितिले आज माननीय गृह मन्त्री ओम प्रकाश अर्यालसँग प्रत्यक्ष भेट गरी आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएको छ ।

भेटका क्रममा आगामी निर्वाचनको सुरक्षा व्यवस्था, घाइते सुरक्षाकर्मीको उचित उपचार तथा व्यवस्थापन, Genz म्यान्डेटको प्रभावकारी कार्यान्वयन लगायत विषयमा विस्तृत छलफल गरिएको मोरङ Genz जिल्ला समितिले जनाएको छ ।

विशेष गरी निर्वाचनको समयमा विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रमा खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीहरूको मताधिकार सुनिश्चित गर्न समितिले जोड दिएको छ । खटिएकै जिल्ला वा निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ मतदान गर्न पाउने व्यवस्था सहज र व्यवहारिक रूपमा मिलाइदिन गृहमन्त्री अर्यालसमक्ष विशेष आग्रह गरिएको छ ।

मोरङ Genz जिल्ला समितिका प्रतिनिधिहरूले सुरक्षाकर्मीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित हुनु निष्पक्ष र सफल निर्वाचनको आधार भएको उल्लेख गर्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण आवश्यक रहेको बताएका छन् ।

गृहमन्त्री अर्यालले उठाइएका विषयहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक पहल गर्ने आश्वासन दिनुभएको समितिले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300