१० जेठ २०८२, शुक्रबार

परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

Logo
आजको अपडेट आइतबार, भाद्र ०२, २०८१
परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै

विराटनगर । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले आज छिमेकी मित्रराष्ट्र भारत भ्रमणमा जाँदै छिन् ।

भारतीय समकक्षी डा। एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्रमन्त्री भएपछि राणाको यो पहिलो भारत भ्रमण हो । भ्रमणमा राणासँगै परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना पनि जाने छन् ।

भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल–भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300