२१ जेठ २०८३, बिहिबार

मैथिली विवाह गीत ‘आयल शुभ घरी’ सार्वजनिक

Logo
डुमरलाल मेहता बिहिबार, माघ ०२, २०८२

विराटनगर । मैथिली सांस्कृतिक संगीत क्षेत्रमा नयाँ विवाह गीत ‘आयल शुभ घरी’ सार्वजनिक गरिएको छ। विवाह संस्कारलाई केन्द्रमा राखेर तयार गरिएको यो गीत हाल बजारमा गुन्जिरहेको छ र श्रोता–दर्शकको ध्यान आकर्षित गर्न सफल भइरहेको छ।

परम्परागत मैथिली विवाह संस्कृतिको भाव, संस्कार र उल्लासलाई समेटेर तयार गरिएको गीतको रचना प्रेम नारायण झाले गर्नुभएको हो। गीतमा बिद्या मिश्राको संगीत संयोजन रहेको छ भने सुमधुर स्वर कविता झाले दिनुभएको छ। गीतका प्रोड्युसर पनि प्रेम नारायण झा नै हुनुहुन्छ ।

विवाहका शुभ अवसरमा गाइने परम्परागत मैथिली बोल र आधुनिक संगीत संयोजनको सुन्दर मिश्रण रहेको यस गीतले विवाह समारोह, सांस्कृतिक कार्यक्रम तथा पारिवारिक उत्सवमा विशेष स्थान पाउने अपेक्षा गरिएको छ।

कलाकार र स्रष्टाहरूले मैथिली भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धनमा गीतले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। ‘आयल शुभ घरी’ ले मैथिली विवाह गीतको परम्परालाई अझ सशक्त बनाउने सांगीतिक प्रयासका रूपमा लिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300