विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ मा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले दुहबी नगरपालिकाका निर्वाचित मेयर बेदनारायण गच्छदारलाई उम्मेदवार बनाएको छ।
लगातार दुई कार्यकाल दुहबी नगरपालिकाको नेतृत्व गरेका गच्छदार स्थानीय तहमा रुचाइएका तथा प्रभावशाली नेता मानिन्छन्। नगरपालिकामा गरेका उदाहरणीय विकास निर्माण, सुशासन र जनमुखी कार्यका कारण उनी दुई पटक मेयरमा निर्वाचित भएका हुन्।
स्थानीय तहमा सफल नेतृत्वको अनुभव बोकेका गच्छदारको उम्मेदवारीले सुनसरी–३ क्षेत्रलाई थप मजबुत बनाउने जनविश्वास रहेको छ ।
