२१ जेठ २०८३, बिहिबार

सुनसरी ४ मा पुरानोसंग नयाँको पनि प्रतिस्प्रधा, पाँच जना केन्द्रिय नेता चुनावी मैदानमा

Logo
आजको अपडेट बिहिबार, माघ १६, २०८२

विराटनगर । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा राजनीतिक दलहरुको केन्द्रिय तहमा रहेर काम गर्नुभएका र विगतको चुनावमा निर्वाचित र समानुपातिक रुपमा प्रतिनिधि सभा तथा संविधान सभा सदस्य भईसक्नुभएको अनुभवी पुरानो नेतासंग हालै उदाएको पार्टीका नयाँ अनुहारको बीत प्रतिस्प्रधा देखिएको छ । यस क्षेत्रमा पाँच जना केन्द्रिय नेता चुनावी मैदानमा हुनुहुन्छ ।

दुई पटक संसद हुनुभएका पूर्व प्रतिनिधि सभा सदस्य, अर्थ, सूचना तथा सञ्चार मन्त्री रहनुभएका नेपाली काग्रेंसका केन्द्रिय नेता ज्ञानेन्द्र बहादुर कार्की, पूर्व प्रतिनिधि सभा सदस्य, कोशी प्रदेशको पर्यटन मन्त्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य जगदिश कुसियैत, संविधान सभा सदस्य, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सविता यादव, राष्टिय स्वतन्त्र पार्टीको केन्द्रिय नेता दिपककुमार साह र नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य महमद महफुज अंसारी सहितका पाँच जना केन्द्रिय नेताहरु चुनावी मैदानमा हुनुहुन्छ ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसको नेता ज्ञानेन्द्र बहादुर कार्कीले गत दुई निर्वाचनमा जितेकोले त्यसको निरन्तरता पाउने अपेक्षा सहित चुनावमा होमिनुभएको छ भने गत निर्वाचनमा कार्कीसंग झिनो मतान्तरले जराजीत भएको नेकपा एमालेका जगदिश कुसियैतले यसपाली बदला लिने दावी गर्दै चुनावी मैदानमा उत्रिनुभएको छ । कुसियैतले गत निर्वाचनमा आफूलाई जनताले पत्याएको र केही मत अनुप भएकोले उपविजेताको रुपमा रहेकाले यसपाली परिस्थिती फेरिएकाले आफू जित्ने यसपाली कार्कीसंग गत चुनावको मतको बदला लिने दावी गर्दै चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ ।
यसैक्षेत्रमा पहिलो पटक उम्मेदबारी दिनुभएको नयाँ अनुहार राष्टिय स्वतन्त्र पार्टीका दिपककुमार साहले एमाले र काग्रेंसको सशानसत्ताबाट आजित भएकाले जेन्जिी विद्रोह भएकोले नयाँलाई मतदाताले मतदान गर्ने अपेक्षा सहित घरदैलोमा व्यस्त बनेको बताउनुभएको छ । त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदबार सविता यादवले आफू त्यागी नेता र महिलाको आबाज उठाउने, पार्टीले समावेसीता, संघीयता र विकासको मुद्धा बोकेकाले आफू यसपाली चुनाव जित्ने गर्दै चुनावी मैदानमा उत्रिनुभएको छ । यादवले गत निर्वाचनमा एमालेसंग गठबन्धन भएकाले एमाले जित्ने कुरा नभएको र काग्रेंसले दुई पटकमा खासै केही नगरेकाले आफू जित्ने दावी गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबार महमद महफुज अंसारीले विगतमा परीक्षण भईसकेकाहरुले जनताको पक्षमा काम नगरेको र आफू स्थानीय नेता भएकोले यसपाली चुनाब जित्ने दावी गर्दै चुनावी मैदानमा उत्रिएको बताउनुहुन्छ । अंसारीले यस क्षेत्रको माटोपानी बुझेको, दुख पीडा अनुभुती गरेको र शिक्षा, स्वास्थ्य, खानेपानी सहित जनभावनाको कदर गर्ने भएकोले आफू चुनाव जित्ने दावी गर्नुभएको छ ।
यसक्षेत्रबाट जनमत पार्टीका कपलेश्वर यादव, नेपाल मजदूर किसान पार्टीका चन्चला इसुटु, आम जनता पार्टीका तवरेज आलम अंसारी, उज्यालो नेपाल पार्टीका बच्चालाल यादव, राष्टिय प्रजातन्त्र पार्टीका प्रेम प्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका भेषराज बजगाई, संघीय लोकतान्त्रिक राष्टिय मञ्चका मो. सदिक मियाँ मंगोल अर्गनाईजेसजनका मनकुमार राई, राष्टिय निर्माण दलका समिद खाँन, नेकपा संयुक्तका सत्यनारायण लहुटिया, श्रम संस्कृति पार्टीका विष्णु राउत, नेपाल जनता पार्टीक रमेश कुमार साह सहितको उम्मेदबारहरु चुनावी मैदानमा रहनुभएको छ ।

त्यसैगरी स्वतन्त्रको तर्फबाट जमाल मियाँ, अंकीत कार्की, कुन्दन कौसिक, उपेन्द्र कुमार साह, तेजनारायण गोईत, देवनारायण महतो, पावर्ती मुखिया, फुलकुमारी खान, बुधेश्वर यादव, हरि पराजुली, शर्मानन्द खतिवडा, रोजन विश्वकतर्मा, यमुना केसी, महेन्द्र सुनचौरी, गुलाव अंसारी, तजमुल मियाँ सहित ३४ जना चुनावी मैदानमा हुनुहुन्छ । जिल्लाको चार वटा निर्वाचन क्षेत्र मध्ये सबै भन्दा बढी उम्मेदबार पनि निर्वाचन क्षेत्र ४ मा नै रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300