२१ जेठ २०८३, बिहिबार

मोरङ – ५ का उम्मेदवार मनोजकुमार अग्रवाल मतदातासँग

Logo
आजको अपडेट मंगलबार, माघ २१, २०८२

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारीमा रहेका मोरङ क्षेत्र नम्बर ५ का उम्मेदवार मनोजकुमार अग्रवालले भेला र छलफललाई तीव्रता दिएका छन् । नेकपा एमालेबाट संघीय संसद् प्रवेश अग्रवालले आफ्नो क्षेत्रभरिका आममतदाताका साथै पार्टी, भाृतृ अनि जनवर्गीय संगठनको भेला तथा छलफललाई तीव्रता दिएका हुन् ।

तीव्र रूपमा छलफल र भेलामा सक्रिय रहेका अग्रवालले यस क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरुमा पुगेर चुनावी तयारी र रणनीतिबारे भलाकुसारी गरिरहेका छन् । पार्टीका अगुवा र नागरिक समाजसँग छलफल थालेका अग्रवालले स्थानीय रूपमा सम्बोधन गर्नुपर्ने विकासका मुद्दा तथा जनअपेक्षाका विषयमा पनि विचार विमर्श गर्ने गरेका छन् ।

जनचाहनाअनुसार आफू अघि बढ्न र विकासलाई गति दिनकै लागि आफू उम्मेदवार बनेको बताउने अग्रवालले जनतासँग छलफल गरेर क्षेत्रगत योजना बुन्न थालेका छन् । उनले स्थानीय सडक, पुल–पुलेसा, सिँचाईलगायत विषयमा उठेका मुद्दाहरूमा समेत छलफल गरी समस्या समाधानमा आफूले दर्बिलो ढंगले पहल लिने प्रतिबद्धता जनाउने गरेका छन् ।

जनताको सधैं समीपमा रहन रुचाउने अग्रवाललाई एमालेले पछिल्लो १० वर्षमा पहिलोपटक आफ्नै उम्मेदवारको रूपमा उठाएको हो । विगतका दुई निर्वाचनमा एमालेका मतदाताले आफ्नै चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न पाएका थिएनन् । २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो र एमालेले माओवादीका शिवकुमार मण्डललाई समर्थन गरेको थियो ।

२०७९ को निर्वाचनमा एमालेले जसपा नेपालसँग तालमेल गर्दै जसपाका उम्मेदवार जयराम यादवलाई समर्थन गरेको थियो । यद्यपि, सो निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । अहिले भने दलहरूले आ–आफ्नै उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । यस क्षेत्रबाट ८ स्वतन्त्रसहित २२ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300