२१ जेठ २०८३, बिहिबार

रंगेलीमा श्रीमानले पत्नीको हत्या गरी गरे आत्महत्या

Logo
आजको अपडेट मंगलबार, माघ २१, २०८२

विराटनगर । मोरङको रंगेलीमा मंगलबार बिहान घरेलु विवादका क्रममा एक युवकले पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेको छ।

रंगेली नगरपालिका–५ बहुवन निवासी अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घरमा पुगेर पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार घटना बिहान करिब २ः४५ बजे भएको हो। मुकेश सोमबार बेलुका ससुराली घर पुगेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार घरेलु विवादका क्रममा उनले पत्नीमाथि कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पत्नीको हत्या गरेपछि मुकेशले पनि सोही चक्कु प्रयोग गरी आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। मुकेशको पनि घटनास्थलमै मृत्यु भएको छ।

हाल दुवै जनाको शव घटनास्थलमै राखिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको छ। प्रहरीले मुचुल्का उठाउनेलगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
घटनाको वास्तविक कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300