२३ आषाढ २०८२, सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

Logo
आजको अपडेट आइतबार, भाद्र ०२, २०८१
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा कारागार चलान भएका छन् । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आज झालाई पुर्पपक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाउन आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको असार १४ गते पक्राउ परेका झाविरुद्ध सरकारी वकिल कार्यालयले गएको साउन २९ गते ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले दिएको बयानले झाको संलग्नता रहेको देखाएपछि प्रहरीले खोजी गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300