०९ जेठ २०८२, बिहिबार

भारतमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा आज सुनुवाइ हुँदै

Logo
आजको अपडेट मंगलबार, भाद्र ०४, २०८१

भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको मुद्दामा सर्वोच्च अदालतले आज सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षतामा रहेको इजलासले यो मुद्दाको सुनुवाइ गर्ने बीबीसी हिन्दीले जनाएको छ । यो घटनालाई लिएर देशका धेरै भागमा विरोध प्रदर्शन भइरहेको छ ।

पश्चिम बंगालको कोलकातामा रहेको सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलको घटनामा दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन् । इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा गएको शनिवारदेखि आन्दोलन गरिरहेका चिकित्सकहरू अझै काममा फर्किएका छैनन् ।

उनीहरूले दोषीलाई कठोर सजाय र आफूहरूको सुरक्षा प्रत्याभूतिको माग गरिरहेका छन् । चिकित्सकहरूले आकस्मिकबाहेकका बिरामीको जाँच गरेका छैनन् । सरकारले भने स्वास्थ्यकर्मीहरूको सुरक्षा व्यवस्था सुधारका उपाय सुझाउन समिति गठन गरिने जनाउँदै काममा फर्किन आग्रह गरेको छ ।

यही अगस्ट ९ गते राति ३६ घण्टा लामो सिफ्टका क्रममा सेमिनार हलमा आराम गरिरहेका बेला महिला चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300