२१ जेठ २०८३, बिहिबार

अमेरिकी विश्वविद्यालयमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु एक घाइते

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०१, २०८२

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाको दक्षिणी विश्वविद्यालयमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै एक घाइते भएको अधिकारीहरूले बताएका छन् ।

साउथ क्यारोलिना स्टेट युनिभर्सिटीले ह्युगिन सुइट्स विद्यार्थी आवासीय कम्प्लेक्सको अपार्टमेन्टमा गोली हानाहानको रिपोर्ट प्राप्त गरेपछि क्याम्पसमा लकडाउन भएको बताएको छ । “विश्वविद्यालयका अधिकारीहरूले अहिलेसम्म पीडितको पहिचान वा घाइते व्यक्तिको अवस्था पुष्टि नगरी विज्ञप्ति मार्फ “क्याम्पस लकडाउनमा रहेको बताएका छन् ।

यसै गरी स्थानीय कानून प्रवर्तन एजेन्सीहरूले विश्वविद्यालयलाई “क्याम्पस र वरपर गस्ती गर्न“ सहयोग गरिरहेको बताएको छ भने शुक्रबारका कक्षाहरू रद्द गरिएको विश्व विद्यालयले जनाएको छ ।

क्यानाडाको ब्रिटिस कोलम्बियाको माध्यमिक विद्यालयमा १८ वर्षीय बन्दुकधारीले आठ जनाको हत्या गरेको केही दिन पछि यो गोलीकाण्ड भएको हो ।

संयुक्त राज्य अमेरिकामा विद्यालय आक्रमणको लामो श्रीङ्खलाको पछिल्लो घटना ओ जहाँ आक्रमणका प्रयासहरूले चर्को राजनीतिक गतिरोधको सामना गर्दछन । रासस/एएफपी

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300