१० जेठ २०८२, शुक्रबार

आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Logo
santosh शुक्रबार, साउन १८, २०८१

विराटनगर । काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उत्पत्यकामा कतै–कतै अहिले मध्यम वर्षा भएको छ । त्यस्तै आज राति बाग्मतीसहित कोशी र गण्डकीका थोरै तथा कर्णालीका एकरदुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । उहाँकाअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अहिले जमिन भिजेको अवस्था हुनाले मध्यमखालको पानी पर्दा पनि पहिरोको जोखिम हुनसक्ने भएकाले सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300