०९ जेठ २०८२, बिहिबार

रहेनन्‌ पाइलट बाबा

विङ कमाण्डर कपिल सिंह यसरी बनेका थिए सोमनाथ गिरि
Logo
आजको अपडेट बुधबार, भाद्र ०५, २०८१
रहेनन्‌ पाइलट बाबा

विराटनगर । अद्वैतमार्गी योगी सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । मधुमेहबाट प्रताडित उनको उपचारक्रममा भारतको मुम्बईस्थित कोकिलाबेन अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो ।

भारतस्थित विहारको सासाराममा सन्‌ १९३८ मा जन्मिएका कपिल सिंह समयान्तरमा अद्वैतमार्गी भई कपिल अद्वैत बनेका थिए । नेपालको हिमालय क्षेत्रमा साधना गरेका उनले भक्तपुरको गुण्डुमा पाइलट बाबा आश्रम समेत स्थापना गरेका छन्‌ ।

पाइलट बाबा सन्यासीहरूमाझ सोमनाथ गिरिका नामबाट चिनिन्छन्‌ । भारतमा सन्यासीहरूको सबैभन्दा ठूलो जुना अखडाका महामण्डलेश्वर पाइलट बाबाले मकवानपुरको त्रिखण्डीमा नेपाली गुरु हरि गिरि महाराजसँग दीक्षा लिएका थिए ।

उनले भारतका हरिद्वार र गङ्गोत्रीलगायत अनेक स्थानमा जुना अखडा नामबाट आश्रम चलाएका थिए । पाइलट बाबाको निधन शोकमा जुना अखडाका सबै आश्रममा तीन दिनसम्म शोक मनाउने निर्णय भएको छ । उनको अन्तेष्टि भोलि ९बुधबार० भारतको हरिद्वारमा हुने जानकारी प्राप्त भएको छ ।

बनारस हिन्दु विश्वविद्यालय ९बीएचयू०बाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका पाइलट बाबा सन्‌ १९५७ मा भारतीय वायु सेनामा प्रवेश गरेका थिए । वायुसेना पाइलटका रूपमा उनले १५ वर्षसम्म सेवा गरेका थिए ।

उनले सन्‌ १९६२, १९६५ र १९७१ मा चीन र पाकिस्तानविरुद्धको युद्धमा समेत भाग लिएका थिए । कम उचाइमा उडान भर्दै कीर्तिमान कायम गरेका पाइलट बाबालाई भारत सरकारले वीर चक्र लगायत विभूषणबाट सम्मान गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300