२१ जेठ २०८३, बिहिबार

सुडानमा हिंसा तीव्र, मानवीय सङ्कट जटिल बन्दै

Logo
आजको अपडेट शनिबार, फाल्गुण ०२, २०८२

संयुक्त राष्ट्रसङ्घ । सुडानको कोर्डोफान क्षेत्रमा पछिल्ला दिनहरूमा ड्रोन आक्रमण तीव्र रूपमा बढेका छन् । ती आक्रमणले व्यापारिक सवारी साधन, सञ्चार सञ्जाल तथा यातायात मार्गमा अवरोध पु¥याएको छ, जसका कारण मानवीय सहायता वितरण प्रभावित भएको बताइएको छ ।
यसैगरी दक्षिण कोर्डोफानको राजधानी काडुग्ली तथा आसपासका क्षेत्रमा स्वास्थ्य केन्द्र लक्षित आक्रमण हुँदा कम्तीमा चार स्वास्थ्यकर्मीको मृत्यु भएको र २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिइएको छ । यसले पहिले नै कमजोर अवस्थामा रहेको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब सिर्जना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तर कोर्डोफानमा करिब ८०० भन्दा बढी व्यक्ति सुरक्षित स्थानतर्फ सरेका छन् भने अन्य क्षेत्रमा हजारौँ मानिस विस्थापित भएका छन् । विस्थापितहरूलाई आश्रय, खाद्यान्न, स्वच्छ पानी, स्वास्थ्य सेवा तथा सुरक्षाको तत्काल आवश्यकता रहेको उल्लेख गरिएको छ ।
मानवीय सहायता छिटो, सुरक्षित र अवरोधरहित रूपमा उपलब्ध गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300