२१ जेठ २०८३, बिहिबार

स्ट्रबेरी’खेतीबाट वार्षिक तीस लाख आम्दानी

Logo
आजको अपडेट शनिबार, फाल्गुण ०२, २०८२

काभ्रेपलाञ्चोक । तीन वर्षदेखि निरन्तर ९स्ट्रबेरी०भुइँऐसेलुखेतीमा रम्नुभएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई हिजोआज भुइँऐसेलुटिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । यसबाट उहाँले वार्षिक रु ३० लाखको आम्दानी पनि गरिरहनुभएको छ ।

कोरोना महामारीका बेला खेती थाल्नुभएका उहाँ भुइँऐसेलुका निम्ति यहाँ परिचित व्यवसायी हुनुभएको छ । “बजारीकरणको समस्या छैन, बर्सेनि बजार बढ्दैछ” व्यवसायी विष्टले भन्नुभयो, “स्थानीय बजारमा प्रतिकिलो रु चार सयदेखि आठ सयसम्ममा भुइँऐसेलु बिक्री भइरहेको छ ।”

जनागालस्थित आफ्नै दश रोपनी जग्गामा भुइँऐसेलु रोपेर जिल्लामा मात्र नभएर देशको नमूना किसानको पहिचान बनाउनुभएका ४६ वर्षीय विष्टले भुइँऐसेलु रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको भने होइन, अरुले रोपेको देखेर र भनेका आधारमा खेती थाल्नुभएको सुनाउनुभयो ।

गत वर्ष सबै खर्च कटाएर रु ३० लाख बचत गर्नुभएका उहाँ यसवर्ष केही बढी आम्दानी हुनेमा आश्वस्त हुनुहुन्छ । उहाँले भुइँऐसेलु मात्र होइन मौसमी सागसब्जीसँगै कुखुरापालन पनि गरिरहनुभएको छ । भुइँऐसेलुका बिरुवा पनि उहाँले बेच्दै आउनुभएको छ । उहाँले भुइँऐसेलुखेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोप्नुभएको छ ।

हाल उहाँको फार्ममा पाँच जनाले रोजगारी पाएका छन् । व्यवसाय विस्तारको सोचमा रहनु भएका उहाँले भुइँऐसेलुबाट ‘वाइन’ र ‘जुस’ उत्पादन उद्योग स्थापना गर्न विज्ञहरुसँग परामर्श गरिरहनु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300