२१ जेठ २०८३, बिहिबार

महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

Logo
आजको अपडेट शनिबार, फाल्गुण ०२, २०८२

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा आज शोभायात्रा आयोजना गरिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शोभायात्रा गरिएको हो ।

शोभायात्रामा स्वदेशी तथा विदेशबाट आउनुभएका साधुसन्त र स्थानीय भक्तजनको सहभागिता थियो । पाशुपत क्षेत्रका प्रायः सबै भागमा शोभायात्रा गरिएको थियो । शोभायात्रामा धामीझाँक्रीको पनि सहभागिता थियो ।

महाशिवरात्रि भोलि हो । कोषले महाशिवरात्रिमा भक्तजनलाई सहज ढङ्गले दर्शन गर्नसक्ने व्यवस्था गरिएको सरसफाइलगायत आवश्यक तयारी पूरा गरेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300