२१ जेठ २०८३, बिहिबार

अफगानिस्तानमा दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते

Logo
आजको अपडेट आइतबार, फाल्गुण ०३, २०८२

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् ।

पहिलो दुर्घटना कराबाग जिल्लामा भएको थियो, जसमा पाँच यात्रुको मृत्यु भएको छ, त्यसमा दुई महिला र एक बच्चा रहेका छन् । यस दुर्घटनामा दुई जना घाइते भएका थिए ।
केही मिनेटको अन्तरमा सोही सडकमा अर्को दुर्घटना पनि भएको थियो । यसमा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर छ ।
प्रहरी तत्काल दुर्घटना स्थलमा पुगेका र घाइतेहरूलाई नजिकको अस्पतालमा पु¥याएका थिए । प्रहरीका अनुसार, हतारमा गाडी चलाउनु र सडकमा अन्धकार भएका कारण यी दुःखद दुर्घटनाहरू भएका हुन् ।

गत साता उत्तरी बडाख्शान प्रान्तमा पनि यस्तै सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको र तीन जना घाइते भएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300