२१ जेठ २०८३, बिहिबार

रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्यटन भित्र्याउन भूमिका खेल्ने छु : ज्ञानेन्द्र कार्की

Logo
आजको अपडेट आइतबार, फाल्गुण ०३, २०८२

विराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो क्षेत्रमा पर्ने रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्यटन भित्र्याउन भूमिका खेल्ने बताएका छन् ।

महाशिरात्रिको अवसर पारेर आइतबार पूजा–आजा गरेपछि बोल्दै नेपाली कांग्रेसका उम्मेदवार कार्कीले रामधुनी मन्दिरका माध्यमबाट धार्मिक पर्र्यटन भित्र्याउन आफ्नो भूमिका रहने बताएका हुन् ।

रामधुनीको मन्दिरलाई नेपालकै अमूल्य सम्पदाका रूपमा लिन सकिने बताउँदै उनले यो मन्दिरको संरक्षण गर्न पनि आफू प्रयत्नरत रहेको स्मरण गराए । ऐतिहासिक तथ्यांकका आधारमा अत्यन्त महत्त्वपूर्ण धार्मिक सम्पदा रहेको यस मन्दिर सुनसरी–४ सहित मुलकुकै लागि समृद्धिको एउटा आधार रहेको बताए ।

आफू निर्वाचित भएमा रामधुनी मन्दिरको धार्मिक महत्त्व र ऐतिहासिकतालाई उजागर गरी धार्मिक पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने कुरामा आफ्नो ध्यान पूर्ण रूपमा केन्द्रित गर्ने उनको प्रतिबद्धता छ ।

अर्थमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र सञ्चार तथा सूचना प्रविधिमन्त्री भएर जिम्मेवारी बहन गरिसकेका कार्की कांग्रेसको विशेष महाधिवेशनपछि निवर्तमान केन्द्रीय सदस्य हुन् ।

विशेष महाधिवेशनपछि चयन भएको कांग्रेसको नयाँ नेतृत्वले उनलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा फेरि सुनसरी–४ मा उम्मेदवार बनाएको हो । यहाँबाट नेकपा एमालेबाट जगदिशप्रसाद कुसियैत र नेपाली कम्युनिस्ट पार्टीबाट महमद महफुज अन्सरी उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सुनसरी–४ का लागि दीपककुमार साह र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले प्रेमप्रसाद भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस नेता कार्की उम्मेदवार रहेको सुनसरी–४ मा १७ जना विभिन्न दलबाट र १६ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा कार्की यही क्षेत्रमा झिनो ९११०० मतले निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको निर्वाचनमा भने उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वीभन्दा झन्डै सात हजार मतले निर्वाचित भएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300