२१ जेठ २०८३, बिहिबार

एमाले नेतृ सविता कांग्रेस प्रवेश, ५० भन्दा बढी कार्यकर्ता पनि समाहित

Logo
आजको अपडेट मंगलबार, फाल्गुण ०५, २०८२

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्ष पदमा उम्मेदवार बनेकी नेतृ सविता देवी मेहता सहित ५० जना भन्दा बढी कार्यकर्ताले एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।

भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित विशेष कार्यक्रमका बीच उनीहरू कांग्रेसमा समाहित भएका हुन्। पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरूको उपस्थिति रहेको थियो।
कांग्रेस प्रवेश गर्दै नेतृ मेहताले पछिल्लो समय नेकपा एमालेप्रति आम जनतामा वितृष्णा बढ्दै गएको र जनताको मनोभावना परिवर्तन भएको बताइन्। पार्टीभित्र आन्तरिक समस्या, जनअपेक्षा अनुसार काम हुन नसक्नु तथा नेतृत्वप्रति विश्वास कमजोर बन्दै गएको कारण आफूले एमाले परित्याग गरेको उनको भनाइ थियो।

उनले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, समावेशी राजनीति र जनताको पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै अब कांग्रेसमार्फत जनसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा कांग्रेस नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै भोक्राहा नरसिंह गाउँपालिकामा कांग्रेसको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300