२१ जेठ २०८३, बिहिबार

मोरङ -३ मा चुनावी प्रतिस्पर्धाबीच आत्मीयता: डा. सुनिल शर्मा र ईरान राईबीच सौहार्दपूर्ण भेटघाट

Logo
आजको अपडेट बुधबार, फाल्गुण ०६, २०८२

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोलबीच डा. सुनिल शर्मा र ईरान राई बीच सौहार्दपूर्ण भेटघाट सम्पन्न भएको छ। नेपाली कांग्रेसका उम्मेदवार शर्मा र नेकपा एमालेका उम्मेदवार राईबीच शर्माको निवासमा भएको भेटले राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर आपसी सम्मान र लोकतान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गरेको छ।

भेटका क्रममा डा. शर्माका बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेले दुबै उम्मेदवारलाई आशिर्वाद प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा, जनताको सेवा र देशप्रतिको जिम्मेवारी सफलतापूर्वक पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। चुनावी प्रतिस्पर्धाका बीच देखिएको यो आत्मीय क्षणलाई स्थानीयले सम्मान, संस्कार र मानवीय सम्बन्धको सुन्दर उदाहरणका रूपमा लिएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300