विराटनगर । सुनसरी संघिय निर्वाचन क्षेत्र नं.-४ को राहक्षेत्रमा यतिबेला चुनावी माहोल उत्साहजनक बनेको छ। ज्ञानेन्द्र बहादुर कार्कीको पक्षमा जेन(जी पुस्तासहित युवा, बुद्धिजीवी र परिवर्तन चाहने मतदाताको खुला समर्थन देखिन थालेपछि सुनसरी क्षेत्र नं।(४ को प्रतिस्पर्धा एकतर्फी बन्दै गएको विश्लेषण गरिएको छ। घरदैलो अभियानमा युवाहरूको उल्लेख्य सहभागिताले कार्कीको तेस्रो पटकको जित लगभग सुनिश्चितजस्तै देखिएको स्थानीय आकलन छ।
नेपाली कांग्रेसका प्रभावशाली र अध्ययनशील नेताका रूपमा चिनिने कार्कीले पार्टी संगठनभित्र एकता, समन्वय र विचारको राजनीति अघि बढाउँदै आएका छन्। संगठनलाई माया गर्ने, नीतिगत बहसमा सक्रिय रहने र राष्ट्रिय मुद्दामा स्पष्ट धारणा राख्ने नेताका रूपमा उनको छवि स्थापित छ।
क्षेत्र नं।(४ को विकासमा पक्षपात गरेको भन्ने आरोप एक पक्षबाट लागे पनि अर्को पक्षले भने अघिल्ला प्रतिनिधिहरूको तुलनामा पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरेको छ। सडक स्तरोन्नति, सामुदायिक संरचना विस्तार र सेवा प्रवाह सुधारमा कार्कीको सक्रियता मतदातामाझ सकारात्मक रूपमा प्रस्तुत भइरहेको छ।
युवामाझ बढ्दो आकर्षण, संगठनभित्रको मजबुत पकड र विकासका आधारमा मत माग्ने आत्मविश्वासका कारण सुनसरी(४ मा कार्कीको जितको आधार झन् बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। विपक्षी दलका आलोचनाबीच पनि जनतामाझ देखिएको उत्साहले यसपटकको निर्वाचनमा कार्कीलाई पुनः विजयतर्फ अग्रसर गराएको संकेत स्पष्ट देखिएको छ।
