२१ जेठ २०८३, बिहिबार

रुसको बैकाल तालमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण ०८, २०८२

मस्को । रूसको साइबेरियास्थित बैकाल तालको हिउँमा शुक्रबार एक पर्यटक बस दुर्घटना हुँदा सात चिनियाँ पर्यटकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै बस तीन मिटर चौडा हिउँको चिरामा खसेर डुबेको जनाएको छ ।

“उद्धारकर्ताहरूले पानीमुनि क्यामेराको प्रयोग गरेर सात जनाको शवलाई फेला पारेका छन्,” शाखाले जानकारी गराएको छ ।

पीडितहरूको राष्ट्रियता स्पष्ट रूपमा उल्लेख गरिएको छैन ।

यद्यपि, इर्कुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभले भन्नुभयो, “दुर्घटनामा परेका व्यक्तिहरू चिनियाँ नागरिक हुन् र यसबारे चिनियाँ महावाणिज्य दूतावासलाई सूचित गरिएको छ।”

गभर्नर कोब्जेभले एक जना प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भन्नुभयो, “पर्यटक बस डुब्नु थालेपछि एक यात्रु दुर्घटना हुनबाट उम्कन सफल हुनुभएको थियो ।

उक्त गाडी सतहबाट १८ मिटर तल पानीमा फेला परेको थियो ।

विश्वको सबैभन्दा गहिरो रसियाको बैकाल ताल साइबेरियाको प्रमुख पर्यटकीय गन्तव्य हो ।

यो मङ्गोलियाको उत्तरमा छ र चिनियाँ पर्यटकहरूको लागि लोकप्रिय गन्तब्य हो ।

जाडोमा तालको पानीको विशाल भाग जमेको दृश्यात्मक रूपमा आश्चर्यजनक क्रिस्टल–जस्तो स्तम्भहरू देखिन्छन् ।

अधिकारीहरूले जमेको तालमा विशिष्ट हिम सडकहरू बनाई अधिकारीहरूद्वारा अनुगमन गरेपछि सर्तअनुसार निश्चित प्रकारका सवारी साधनहरूको लागि खोलिएको छ।

तालमा अन्यत्र गाडी चलाउन आधिकारिक रूपमा निषेध गरिएको छ ।

कोब्जेभले भन्नुभयो, “सडक प्रयोगको लागि खाली गरिएको छैन र यस घटनाबारे थप छानविन सुरू भएको छ ।” राससरएएफपी

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300