इनरुवा । भोक्राहा नरसिंह। सुनसरी-४ मा भोट माग्ने क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताबीच झडप भएको छ।
घरदैलो अभियानका क्रममा कांग्रेसका कार्यकर्ताहरू टोल प्रवेश गर्दा रास्वपाका कार्यकर्ताले “यो हाम्रो एरिया” भन्दै रोक्न खोजेपछि दुबै पक्षबीच विवाद चर्किएको स्थानीयले बताएका छन्। केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि भोक्राहा नरसिंह गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष तत्काल घटनास्थलमा पुगेर दुबै पक्षलाई सम्झाइ–बुझाइ शान्त पारेका थिए। त्यसपछि दुबै टोली आ-आफ्नो बाटो लागेका छन्।
घटनापछि छरछिमेकका मतदाता तथा रास्वपाका केही शुभेच्छुकसमेत आलोचक बन्दै गएको देखिएको छ। यद्यपि, उक्त क्षेत्रमा कांग्रेसले विगतमा गरेका विकास निर्माणका कामप्रति स्थानीय सन्तुष्टि व्यक्त गर्दै पुनः कांग्रेसकै जित हुने सम्भावना बलियो रहेको चर्चा चल्न थालेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
