२१ जेठ २०८३, बिहिबार

विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १२, २०८२

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ ।

विभागमा साँझ अभिलेख भएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६।८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५।६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०।६ म्याग्दीमा १०।६,प्यूठानमा १३।८, रोल्पामा २०।८, ललितपुरमा १३।२, काठमाडौँमा २।६, भक्तपुरमा ३।४, दोलखामा ८।४ मिलिमिटर वर्षा भएको छ ।

अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ । केही ठाउँमा असिनासहितको वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार भोलि पनि विभिन्न ठाउँमा वर्षा हुने देखिएको छ ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले बुधबार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300