२१ जेठ २०८३, बिहिबार

मोरङ–२ का बागडियाको प्रतिबद्धता, सुशासन र पूर्वाधार विकासलाई प्राथमिकता

Logo
आजको अपडेट बिहिबार, फाल्गुण १४, २०८२

विराटनगर । प्रतिनिधिसभा सदस्यका लागि मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का तर्फबाट दिलीप बगडियाले आफ्नो प्रतिबद्धतापत्र सार्वजगनक गरेका छन् ।

“भ्रष्टाचारमुक्त समाजको परिकल्पना र सुशासनयुक्त क्षेत्र बनाउने चाहना” भन्ने नारासहित बगडियाले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

बगडियाले विगतमा दुई कार्यकाल रंगेली नगरपालिकाको प्रमुखका रूपमा रहँदा कार्यसम्पादन गरेको अनुभव उल्लेख गर्दै नगरलाई नमुना नगरपालिकाको रूपमा विकास गर्ने प्रयास गरेको दाबी गरेका छन् । अधुरा योजनाहरूलाई निरन्तरता दिँदै क्षेत्रको समग्र विकासमा आफू प्रतिबद्ध रहने उनको प्रतिबद्धता छ ।

उनले सडक पूर्वाधार विस्तार, नयाँ तथा पुराना पुल–कल्भर्ट निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, विद्युत्, वन तथा वातावरण संरक्षण, खानेपानी, कला–संस्कृति संरक्षणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् । साथै महिला, बालबालिका, युवा, खेलकुद र रोजगारी सिर्जनाका कार्यक्रमलाई विशेष जोड दिने प्रतिबद्धता उनको छ ।

बगडियाले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी जनताको आधारभूत आवश्यकतालाई सहज र सरल रूपमा पूरा गर्ने लक्ष्य राखेको बताएका छन् । उनले पारदर्शी र गुणस्तरीय कार्यसम्पादनमार्फत क्षेत्रको विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरेका छन् ।

करिब आठ वर्षजति नगरपालिकाको नेतृत्व गर्दा मोरङको पुरानो सदरमुकामको साख पुरानै लयमा फर्काउने उनको प्रयासले सार्थकता पाएको थियो । नगर फेर्न सफल बनेका बगडिया अहिले उक्त जिम्मेवारी नगरउपप्रमुखलाई सुम्पिँदै निर्वाचन क्षेत्रकै मुहार फेर्न तम्सिएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300