२१ जेठ २०८३, बिहिबार

नेटवर्क समस्या समाधानका लागि ठोस पहल गरेको छु : ज्ञानेन्द्रबहादुर कार्की

Logo
आजको अपडेट शुक्रबार, फाल्गुण १५, २०८२

बिराटनगर । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी अभियानका क्रममा मतदाताको घरदैलोमा पुगिरहेका छन्।

लगातार तेस्रोपटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनले आफ्नो अघिल्लो कार्यकालमा गरेका काम र आगामी योजनाबारे मतदातालाई जानकारी गराइरहेका छन्।

वि.सं. २०३९ सालमा नेपाल विद्यार्थी संघ को सभापति बनेर राजनीतिक यात्रा सुरु गरेका कार्कीले शान्ति प्रक्रिया, १२ बुँदे सहमति र संविधान निर्माण जस्ता राष्ट्रिय राजनीतिक घटनाक्रममा भूमिका खेलेको उल्लेख गर्दै आएका छन्। उनी यसअघि सुनसरी–४ बाट दुई पटक निर्वाचित भइसकेका छन्।

चुनावी सभामा बोल्दै कार्कीले आफ्नो कार्यकालमा ग्रामीण भेगमा देखिएको मोबाइल नेटवर्क समस्यालाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरे। सञ्चार मन्त्री हुँदा नेपाल टेलिकम मार्फत विभिन्न स्थानमा टावर निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।

उनका अनुसार इनरुवा–८ डुम्राहा, भोक्राहाको जनता चोक, भोक्राहा–१ ढोकटोल, कोशी गाउँपालिकाको जमुवा, हरिनगरको घुस्की, इनरुवा–१० जल्पापुर, हरिनगर–३ गौतमपुर, भोक्राहा नरसिंहको सोनियाही, इनरुवा–७ चाँदबेला तथा प्रकाशपुरलगायतका क्षेत्रमा टावर निर्माण गरिएको छ।

केही स्थानमा सेवा सञ्चालनमा आइसकेको र केही स्थानमा निर्माण तथा प्राविधिक जडानको काम जारी रहेको उनले जानकारी दिए।

उनले सञ्चार पहुँच विस्तारले शिक्षा, स्वास्थ्य, व्यवसाय र सरकारी सेवा प्रवाहमा सहजता ल्याउने उल्लेख गरे। “नेटवर्क समस्या विकासको बाधक बनेको थियो, त्यसलाई समाधान गर्न पहल गरेको हुँ,” उनले भने।

कार्कीले आगामी कार्यकालमा बाँकी रहेका कामहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्। “म लामो भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति हुँ,” “क्षेत्रको विकास नै मेरो जितेको आधार भएकोले त्यसका लागि सदैव कटिबद्ध रहने,” उनले सभामा भने।

यद्यपि, स्थानीय बासिन्दाले भने केही स्थानमा अझै नेटवर्क गुणस्तरमा सुधार आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार टावर निर्माण भए पनि सेवा नियमित र प्रभावकारी बनाउन थप ध्यान दिनुपर्ने अवस्था भए पनि त्यसको समाधान कार्कीले नै गर्न सक्ने हुँदा मत दिएर निर्वाचित गरि पठाउने मनसाय व्यक्त गरे।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300