२१ जेठ २०८३, बिहिबार

सुनसरी -४ मा विकास र स्थानीयता : हट सिटमा कडा प्रतिस्पर्धा

Logo
आजको अपडेट आइतबार, फाल्गुण १७, २०८२

सुनसरी । सुनसरी जिल्ला अन्तर्गतको क्षेत्र नम्बर ४ यसपटक पनि कोशी प्रदेशकै ‘हट सिट’का रूपमा चर्चामा छ ।

यहाँको चुनावी प्रतिस्पर्धा मुख्यतः विकासका एजेन्डा र स्थानीयताको मुद्दामा केन्द्रित बन्दै गएको छ ।

ज्ञानेन्द्रबहादुर कार्की ः विकासको निरन्तरता खोज्दै नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की तेस्रो पटक निरन्तर जित निकाल्ने रणनीतिसहित घरदैलो र भेटघाटमा सक्रिय छन् ।

कार्कीलाई यहाँका मतदाताले लगातार दुई पटक विजयी बनाइसकेका छन् । दुई पटक मन्त्रीसमेत बनेका उनले आफ्नो कार्यकालमा भएका विकास निर्माणका काम, सुरु भएका योजनाहरू र आगामी आवश्यकता सम्बोधन गर्ने प्रतिबद्धतासहित मत मागिरहेका छन् ।

उनको दाबी छ—पूर्वाधार विस्तार, सडक स्तरोन्नति, स्वास्थ्य र शिक्षामा पहुँच विस्तार तथा संघीय सरकारसँगको समन्वयमार्फत क्षेत्रको समग्र विकासमा आफूले नेतृत्वदायी भूमिका खेलेको छु ।
यसपटक पनि स्थायित्व र निरन्तरताको पक्षमा जनमत आउने उनको विश्वास छ ।

जगदिश कुसियत ः स्थानीयताको भावनामा जोडनेकपा ९एमाले० का उम्मेदवार जगदिश कुसियत भने यसअघिको निर्वाचनमा झिनो अन्तरले पराजित भएका थिए ।

करिब एक सय मतको अन्तरले हार व्यहोरेका कुसियत यसपटक ‘स्थानीय उम्मेदवार’को पहिचानलाई प्रमुख मुद्दा बनाउँदै अघि बढिरहेका छन् ।प्रदेश मन्त्री हुँदा आफूले सुरु गरेको कोशी रिफ्रेसमेन्ट सेन्टर, पार्क, सीमा जोड्ने सडकलगायतका योजनालाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनी भन्छन्—“यहाँको समस्या स्थानीयले नै राम्रोसँग बुझ्छ ।”

उनले स्थानीयताको भावनालाई मतदातामाझ बलियो बनाउने प्रयास गरेका छन् । रास्वपा र अन्य उम्मेदवारको अवस्था यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिपकुमार साह पनि प्रतिस्पर्धामा छन् ।
स्थानीय उम्मेदवार भए पनि उनको विगत राजनीतिक उतारचढावका कारण प्रश्नमा परेको छ ।

छोटो अवधिमा पटक–पटक पार्टी परिवर्तन गरेको, जनमत पार्टीमा हुँदा आर्थिक अनियमितताको आरोप लागेको तथा कालोमोसो दलिएको घटनाजस्ता विषय उठ्दै आएका छन् ।

यसले गर्दा उनले स्थानीयताको फाइदा उठाउनुभन्दा आफ्नो विगतबारे स्पष्टीकरण दिनुपर्ने बाध्यता देखिएको छ ।अन्य उम्मेदवारमा जनता समाजवादी पार्टीकी सविता यादव र नेपाली कम्युनिष्ट पार्टीका महफुज आलम छन् ।

तर अहिलेसम्मको माहोल हेर्दा मुख्य प्रतिस्पर्धा कार्की र कुसियतबीच नै केन्द्रित हुने संकेत देखिन्छ ।निर्णायक मुद्दा कुन रु यसपटकको निर्वाचनमा मतदाताले विकासको निरन्तरतालाई प्राथमिकता दिन्छन् कि स्थानीय पहिचान र भावनालाई—त्यो नै परिणाम निर्धारण गर्ने देखिन्छ ।

एकातिर संघीय तहको पहुँच र अनुभवसहितको विकासको एजेन्डा छ भने अर्कोतर्फ स्थानीय नेतृत्व र जरा गाडेको सम्बन्धको अपिल छ।

अन्ततः सुनसरी–४ का मतदाताले विकास स्थायित्व रोज्ने कि परिवर्तन—यो प्रश्नको उत्तर मतगणनापछि मात्र स्पष्ट हुनेछ । चुनावी मैदान भने अहिले विकास बनाम स्थानीयताको बहसले तातेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300