२१ जेठ २०८३, बिहिबार

मुग्लिङ-नारायणगढ सडकमा बस दुर्घटना : १५ यात्रु घाइते

Logo
आजको अपडेट आइतबार, भाद्र ०९, २०८१
मुग्लिङ-नारायणगढ सडकमा बस दुर्घटना : १५ यात्रु घाइते

विराटनगर । आइतबार बिहान मुग्लिङ(नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा बस सडक किनारमा पल्टिएको देखिन्छ।

महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम ०१(००(२(१३३२ नम्बरको बस दुर्घटनामा १५ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर सडक किनारमा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त बस भरतपुर महानगरपालिका(२९ मा दुर्घटना भएको हो। घाइते सबैलाई उपचारका लागि भरतपुर पठाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300