१२ साउन २०८३, मंगलबार

राष्ट्रिय लिग फुटबलः एनआरटी विजयी

Logo
आजको अपडेट आइतबार, फाल्गुण १७, २०८२

काठमाडौँ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम ९एनआरटी० विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले चित्लाङ फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा राजिव लोप्चनले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ३७औँ मिनेटमा एनआरटीका सनम सोदेम्बा लिम्बूले आत्मघाती गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा पुग्यो ।

त्यस्तै एनआरटीका टिमोथी चिएमेरिए ओकेरेकेले खेलको ५४औँ मिनेटमा शान्त्वना गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन । यो जितसँगै एनआरटीले प्रतियोगितामा पाचौँ जित दर्ता गराएको छ । लिगमा नौ खेल खेलेको एनआरटीले १९ अङ्क जोडेको छ । यस्तै चित्लाङको यो चौथो हार हो । नौ खेलबाट चित्लाङले ७ अङ्क जोडेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300